Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारत निर्वाचन: कन्हैया कुमार पराजित

जेष्ठ ९,   खबरमञ्च,   at 5:11 PM

By   /  May 23, 2019  /  Comments Off on भारत निर्वाचन: कन्हैया कुमार पराजित

    Print       Email

भारत । साढे ३ सम्मको रुझानलाई हेर्दा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएले मध्यप्रदेश, उत्तर प्रदेश, बिहार, राजस्थान, छत्तिसगढ र झारखण्डमा ठूलो अग्रता बनाइरहेको छ ।

एक्जिट पोलले अनुमान गरेको नतिजाजस्तै यस क्षेत्रमा भाजपाले आफ्नो पकड बनाएको छ ।

यता, इन्डियन एक्सप्रेसका अनुसार बिहारमा निकै चर्चामा रहेका सिपीआईका उम्मेदवार कन्हैया कुमार बिजेपी उम्मेदवार गिरिराजसिंहसँग पराजित भएका छन् ।

त्यस्तै, बिहारका बिजेपी अध्यक्ष नित्यानन्द राइले आरएलएसपीका अध्यक्ष उपेन्द्र कुशुवाहलाई उजियारपुरमा पराजित गरेका छन् ।

त्यस्तै, विजेपीका छेदी पसवानले कँग्रेसका उम्मेदवार तथा पूर्व लोकसभाका सभामुख मिरा कुमारलाई ससारममा पराजित गरेका छन् ।

उता, जनता दल युनाइटेडले सीतामरीको सिट जितेको छ भने एलजेपीका चिराग पासवानले पुनः जामुईमा जीत हासिल गरेका छन् ।

पूर्ण नजिता हालसम्म सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

एउटा अनौठो संयोगः सेप्टेम्बर ११ का दिन ९ः११ मा जन्मिएकी बालिकाकाे ताैल पनि ९ पाउण्ड ११ अउन्स

Read More →