Loading...
You are here:  Home  >  अन्तरवार्ता  >  Current Article

भारतीय सर्वाेच्च अदालतकाे ऐतिहासिक फैसलाः अयाेध्या विवादमा हिन्दु समुदायकाे पक्षमा फैसला

२३ कार्तिक,   खबरमञ्चडेस्क,   at 12:55 PM

By   /  November 9, 2019  /  Comments Off on भारतीय सर्वाेच्च अदालतकाे ऐतिहासिक फैसलाः अयाेध्या विवादमा हिन्दु समुदायकाे पक्षमा फैसला

    Print       Email

भारतीय सर्वाेच्च अदालतले अयोध्याको विवादित राम मन्दिर–बाबरी मस्जिद विवादबारेको मुद्दामा हिन्दु समुदायको पक्षमा ऐतिहासिक फैसला गरेको छ ।

सर्वोच्चको यो फैसलासंगै उक्त जग्गामा अव राम मन्दिर बन्ने भएको छ ।  र यसको स्वामित्व पनि हिन्दू पक्षले पाएका छन् ।

अदालतले फैसला सुनाउँदै  मुस्लिम पक्षलाई वैकल्पिक स्थानमा जग्गा दिनु पर्ने सर्वाेच्चकाे  अदोशमा भनिएको छ ।  सर्वाेच्चले मुस्लिम पक्षलाई मस्जिद बनाउनका लागि पाँच एकड जमिन दिन केन्द्र सरकारलाई आदेश दिएको छ ।

सर्वोच्च अदालतले अयोध्याका सम्बन्धमा कार्यायोजना बनाउनका लागि तीन महिनाको समय केन्द्र सरकारलाई दिएको छ।

पाँच जना न्यायाधीशहरूले सर्वसम्मत गरेको फैसलामा तीन महिनाभित्र ट्रस बनाउन पनि भनेको छ। सो ट्रस्टमा निर्मोही अखाडा रहने या नरहने भन्ने तय गर्ने अधिकार सर्वोच्चले सरकारलाई दिएको छ ।

भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म सुनुवाई भएको यो दोस्रो मुद्दा हो । यसअघि केशवानन्द भारती मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा ६८ दिनसम्म चलेको थियो । यस्तै आधार कार्डको संवैधानिकता सम्बन्धी मुद्दाको सुनुवाई सर्वोच्च अदालतमा ३८ दिनसम्म चलेको थियो ।

गएको अगस्ट ६ देखि यो मुद्दामा सुनुवाई सुरु भएको थियो ।

इलाहाबाद उच्च अदालतले सन् २०१० को सेप्टेम्बर ३० मा गरेको फैसला विरुद्ध सर्वोच्चमा मुद्दा परेको थियो । सोही मुद्दामा संवैधानिक बेन्चमा सुनुवाई भएको हो । इलाहाबाद उच्च अदालतले अयोध्याको विवादित जमिन तीन बराबर भागमा बाँड्न फैसला गरेको थियो ।

सो जमिन राम लला, सुन्नी वक्फ बोर्ड र निर्मोही अखाडालाई बाँड्न भनिएको थियो । तर तीनै पक्षले इलाहाबाद उच्च अदालतको फैसला मान्न अस्वीकार गरे र सर्वोच्च अदालतको ढोका ढकढक्याएका थिए ।

फैसलासँगै भारतमा दंगा भड्किन सक्ने भन्दै सुरक्षा अवस्था कडा बनाइएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतमा प्रहरी ‘इन्काउन्टर’मा बलात्कार घटनाका चार सन्दिग्ध व्यक्तिहरुको मृत्यु

Read More →