Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

भारतीय नक्साका विषयमा छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्री

२२ कार्तिक,   खबरमञ्च,   at 7:17 PM

By   /  November 8, 2019  /  Comments Off on भारतीय नक्साका विषयमा छलफल गर्न संसदीय समितिले बोलायो प्रधानमन्त्री

    Print       Email

 

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले जारी गरेको नयाँ नक्शालाई लिएर सरकारको धारणा जान्न प्रधानमन्त्री केपी शर्मा ओलीलाईनै डोकेको छ ।

समितिले आगामी सोमबार बस्ने बैठकमा कालापानीका विषयमा सरकारको धारणा लिन प्रधानमन्त्री सहित गृह मन्त्री रामबहादुर थापा र भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्याललाई पनि बोलाएको समिति सभापति शशी श्रेष्ठले बताइन् ।  संघीय संसदकाे याे कार्यकालमा कुनै समितिले प्रधानमन्त्रीलाई बाेलाएकाे याे पहिलाे पटक हाे ।

समितिको विहान साढे ११ बजे बस्नै बैठकमा प्रधानमन्त्रीलाई बोलाइएको भएपनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण आउने नआउने भने अहिलेनै भन्न नसकिने पनि उनले बताइन् ।

यता प्रतिनिधिसभाकै अन्तर्राष्ट्रिय सम्वन्ध समितिले पनि सोही विषयमा छलफल गर्न सोमबारनै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई बोलाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

निजामति कर्मचारीले अब आफै थाहा पाउनेछन् आफ्नाे सरुवा हुने ठाउँ

Read More →