Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

भारतीय क्रिकेटर सचिन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

१ मंसिर,   खबरमञ्च,   at 8:13 PM

By   /  November 17, 2019  /  Comments Off on भारतीय क्रिकेटर सचिन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

    Print       Email

काठमाडौं । भारतीय क्रिकेटर सचिन तेन्दुल्कर र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ। शुक्रबार नेपाल आएका सचिनले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।

प्रधानमन्त्री ओलीले टीवटरमार्फत क्रिकेटर तथा युनिसेफको सद्भावना दूत सचिनसँग भेट गरेको उल्लेख गरेका छन् । सचिनलाई प्रधानमन्त्रीले नेपालको विशेष बत्ती बाल्ने पाला उपहार दिएका थिए । सचिनले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन पनि गरेका थिए ।

संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफ नेपालमा सचिनलाई बोलाएको हो । शनिबार मात्र सचिन र नेपालका पूर्वकप्तान विनोद दासको टोलीले बालबालिकासँग कीर्तिपुर मैदानमा मैत्रीपूर्ण क्रिकेट खेलेका थिए । आठ ओभरको उक्त खेलमा सचिनकै टोली विजयी भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

साग महिला भलिबलः नेपाल उपविजेतामा सीमित

Read More →