Loading...
You are here:  Home  >  अपराध  >  Current Article

भारतमा सांसद सहित ११ जनाको गोली हानी हत्या

जेठ ८,   खबरमञ्च,   at 1:22 PM

By   /  May 22, 2019  /  Comments Off on भारतमा सांसद सहित ११ जनाको गोली हानी हत्या

    Print       Email

एजेन्सी । भारतको अरुणाञ्चल प्रदेशमा नेशनल पिपुल्स पार्टीका सांसद सहित ११ जनाको गोली हानी हत्या गरिएको छ । अरुणाञ्चल प्रदेशको तिरप जिल्लाको बोगापानी इलाकामा सांसद तिरोंग अबो, उनका छोरा, दुई सुरक्षाकर्मीसहित ११ जनाको हत्या एक वरिष्ठ प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

अबो अरुणाचल प्रदेशको खोंसा–पश्चिम सिटबाट सांसद भएका हुन् । सांसद अबो आफ्ना छोरा र दुई सुरक्षाकर्मीका साथ असमबाट आफ्नो विधानसभा क्षेत्र खोंसा पश्चिम फर्किरहेका बेला हत्या भएको जनाइएको छ ।

मंगरवार बिहान करिव साढे ११ बजे ज्ञात समूहले उनको गाडीमाथि गोली चलाउँदा ११ जनाको तत्काल मृत्यु भएको हो । घटनाको निन्दा गर्दै गृहमन्त्री राजनाथ सिंहले दोषीलाई कारवाही गर्न आग्रह गरेका छन् भने प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काठमाडौँको स्वयम्भूमा गोली चल्यो, एकजना घाइते

Read More →