Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा ‘तीन तलाक’ अभ्यास अपराध ठहर

१५ साउन,   खबरमञ्च,   at 8:50 AM

By   /  July 31, 2019  /  Comments Off on भारतमा ‘तीन तलाक’ अभ्यास अपराध ठहर

    Print       Email

एजेन्सी । भारतीय संसद्ले तीन पटक ‘तलाक’ बोलेर तत्काल सम्बच्छविच्छेद गर्ने मुसलमान समुदायको अभ्यासलाई अपराध ठहर गरेको छ ।

लोकसभाबाट गत साता नै पारित भइसकेको विधेयक राज्यसभा पनि पारित भएको छ ।

योसँगै अब यदि कुनै मुसलमान श्रीमान्ले आफ्नी श्रीमतीलाई तीन पटक तलाक बोकेर सम्बन्ध विच्छेद गरेको पाइए उसलाई सजाय हुने छ । मुस्लिम महिला (विवाह अधिकार संरक्षण) विधेयक २०१९ को प्रावधान अनुसार एक पटकमै तीन तलाकमार्फत सम्बन्ध बिच्छेद गर्नु अपराध हो । यसका लागि तीन वर्षको जेल सजाय तथा जरिवानाको व्यवस्था गरिएको छ ।

राज्यसभामा सत्तारुढ दलको बहुमत नभए पनि विपक्षी दलका केही सांसदले मतदान बहिस्कार गरेपछि विधेयक सजिलै पारित भएको हो ।

यो विधेयकको पक्षमा ९९ र विपक्षमा ८४ मत परेको  थियो ।

विधेयकका विषयलाई लिएर राज्यसभामा मतदान हुने भएपछि टीआरएस, जेडियू र एआईएडीएमके जस्ता दलले मतदान बहिष्कार गरेका थिए ।

दुवै सदनबाट पारित भएपछि अब यो विधेयकलाई राष्ट्रपतिको प्रमाणीकरणका लागि पठाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्वकै विकसित मुलुक फिनल्यान्डले संसारकै कान्छी प्रधानमन्त्री छान्यो

Read More →