Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतमा कांग्रेस नेताको हृदयघातका कारण मृत्यु

जेष्ठ ९,   खबरमञ्च,   at 1:27 PM

By   /  May 23, 2019  /  Comments Off on भारतमा कांग्रेस नेताको हृदयघातका कारण मृत्यु

    Print       Email

नयाँ दिल्ली । भारतमा केही दिन अगाडि सम्पन्न लोकसभा निर्वाचनको मतदान पछि अहिले मतगणना भइरहेको छ । मतगणनाको प्रारम्भिक नतिजामा केन्द्रीय सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टी (भाजपा)ले अधिकांश ठाउँमा अग्रता लिइरहेको छ ।

प्रारम्भिक चुनावी परिणामले सबैको धड्कन बढाइरहेका बेला मध्यप्रदेशमा भने कांग्रेस पार्टीका एकजना नेतालाई हृदयघात (हर्ट हट्याक) नै भएको छ ।

प्रारम्भिक चुनावी परिणाम सुन्दा भारतीय कांग्रेसको सिहोर जिल्लाका अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको थियो । हृदयघातपछि बोहेस भएका ठाकुरलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याइएपनि चिकित्सकहरुले उनको मृत्यु भइसकेको घोषणा गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

धेरै लिची खाएका कारण ४७ जना बालबालिकाको मृत्यु

Read More →