Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

भारतद्वारा नेपालका लागि नयाँ राजदूतका रुपमा विनयमोहन क्वात्रा सिफारिस

२९ पुस,   खबरमञ्च,   at 1:45 PM

By   /  January 14, 2020  /  Comments Off on भारतद्वारा नेपालका लागि नयाँ राजदूतका रुपमा विनयमोहन क्वात्रा सिफारिस

    Print       Email

काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतका रुपमा विनयमोहन क्वात्रालाई सिफारिस गरेको छ।

क्वात्रालाई भारतले राजदूत बनाउन लागेको बताइएको छ। हाल उनी फ्रान्सका लागि भारतीय राजदूत छन्।

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी डिसेम्बरमा कार्यकाल पूरा गरी फर्केका थिए।

नेपालका लागि सम्भावित राजदूतका रुपमा टी एस त्रिमूर्ति, विकास स्वरुप, गोपाल वगले, अखिलेश मिश्रा र जावेद अर्सदको नाम पनि चर्चामा थियो।

क्वात्रासँग लामो समय नेपालमा काम गरेको अनुभव पनि छ। उनी सन् २००६ देखि २०१० सम्म काठमाडौँस्थित सार्क सचिवालयमा काम गरेका थिए।

क्वात्रा तीन दशकदेखि भारतीय कुटनीतिक सेवामा छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सभामुखको निर्वाचन माघ १२ गते

Read More →