Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

भारतको निर्वाचनमा ‘गलत’ पार्टीलाई मत हाल्ने मतदाताले औँला काटे

६ बैशाख,   खबरमञ्च,   at 2:17 PM

By   /  April 19, 2019  /  Comments Off on भारतको निर्वाचनमा ‘गलत’ पार्टीलाई मत हाल्ने मतदाताले औँला काटे

    Print       Email

दिल्ली । भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश “गलत” पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔँलो काटिदिएको बताएका छन्। सामाजिक सञ्जालमा चर्चित भैरहेको एउटा भिडिओमा पवन कुमार नामका ती मतदाताले आफूले दूर्घटनावश सत्ताधारी भारतीय जनता पार्टीलाई मत हाल्न पुगेको बताएको देख्‍न सकिन्छ।

उनले खासमा एउटा क्षेत्रीय पार्टीलाई आफ्नो मत दिन चाहेका तर विद्युतीय भोटिंग मशिनमा धेरै नै चुनाव चिन्हहरू देखेर आफू अलमलमा परेको बताएका छन्।

मतदान गरिसकेपछि प्रत्येक मतदाताको चोरऔंलामा सजिलै मेट्न नसकिने मसीको चिन्ह लगाइदिने गरिन्छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भुटानको दुई दिने औपचारिक भ्रमणका लागि मोदी थिम्पुमा

Read More →