Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने, राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा नहुने

२० कात्तिक,   खबरमञ्च,   at 1:51 PM

By   /  November 6, 2019  /  Comments Off on भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने, राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा नहुने

    Print       Email

काठमाडौं । भारतका पूर्वक्रिकेटर सचिन तेन्दुल्कर नेपाल आउने भएका छन्। युनिसेफको कार्यक्रममा सहभागी हुनका लागि उनी नेपाल आउन लागेका हुन्।

युनिसेफको सद्भावना दूत रहेका सचिन आगामी नोभेम्बर १६ मा नेपाल आउने बताइएको छ। १६ तारिखमा सम्भव नभएमा २० वा २२ तारिख आउने गरी कुराकारी भइरहेको छ।

उनी युनिसेफ नेपालको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुनेछन्। उनी त्यही दिन भारत फर्कने कार्यक्रम रहेको बताइएको छ।

सचिनले २०७२ को भूकम्पको बेलामा नेपाललाई सहयोग गरेका थिए। त्यसपछि उनी कुनै एक कार्यक्रममा नेपाल आउन चाहेका थिए।

विश्व क्रिकेटका कीर्तिमानधारी ब्याट्सम्यान सचिन नेपाल आउँदा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी भने स्वदेशमा हुनेछैनन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

हाम्रो पूर्वाञ्चल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि आर्मीलाई

Read More →