Loading...
You are here:  Home  >  खबरमञ्च विशेष  >  Current Article

भद्रपुरकी रूपाकाे जीवन बचाउन एकजुट हुँदै युवा, सहयाेग गर्न सबैमा अाग्रह

असाेज २१,   खबरमञ्च,   at 1:18 PM

By   /  October 7, 2017  /  Comments Off on भद्रपुरकी रूपाकाे जीवन बचाउन एकजुट हुँदै युवा, सहयाेग गर्न सबैमा अाग्रह

    Print       Email

झापा ।  हरेक मानिसका अाफ्नै सपना हुन्छन् । त्यसमाथि पनि चिकित्सा क्षेत्रसंग सम्बन्धित मान्छेकाे जीवनमा के हाेला सपना ?

सजिलै ठम्याउन सकिन्छ, कुनै राम्राे अस्पतालमा जागिर खाने र विरामीकाे सेवा गर्ने । तर जब त्याे सपना केबल सपनामा सिमित हुन्छ अनि बिरामीकाे सेवा गर्छु भनेर देखेरकाे सपनाकाे सट्टा अाफ्नै जीवन मृत्युकाे संघारमा पुग्छ । त्यस बेलाकाे अनुभूति साेच्दा पनि अाङ जिरिङ्ग हुन्छ ।

अहिले त्यस्तै भएकाे छ, झापाकाे भद्रपुर नगरपालिका २ महारानी चोक निवासी रूपा  राना मगरकाे जीवनमा पनि । २८ वर्षकी रुपा  Adult acute myeloid leukemia (AML) नामक रक्त क्यान्सरसंग लड्दै यतिबेला भक्तपुर क्यान्सर अस्पतालकाे शैयामा छटपटाइरहेकी छिन् हाल उनी ।

आर्थिक अवस्था कम्जोर रहेकै कारण उनकाे उपचारमा समस्या भइरहेकाे छ । रूपाका श्रीमान गंगा राम लिम्बूले आर्थिक अभावको कारण  उपचारमा समस्या अाउने हुँदा देश बिदेशमा रहेका नेपालीहरुलाई सहयोगको लागि अपील गरेका छन् ।

त्यसाे त रूपा यतिबेला देश विदेशमा छरिएर रहेका नेपालीहरूले  “रुपा राना मगर बचाउ” अभियान सुरूनै गरिसकेका छन् । रकम पनि संकलन भइरहेकाे छ । तर उपचारमा धेरै रकम खर्च हुने भएकाले यस अभियान अझै व्यापक बनाउन यतिबेला विश्वभर छरिएर बसेका नेपाली विशेषगरि झापाली यूवाहरू लागि परेका छन् ।

नेपालबाट सहयोग गर्न चाहेमा बिरामीको श्रीमान् गंगा बहादुर लिम्बु लाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।  सहयोगको लागि  ९८१०२०७४८६ सम्पर्क गर्न सकिने  छ ।

 

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

बस दुर्घटनामा ३४ यात्रु घाइते

Read More →