Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

भक्तपुर क्षेत्र नं. १ ‘क’ प्रदेशको उपनिर्वाचनमा नेपाली कांग्रेसका भडेल विजयी

१५ मंसिर,   खबरमञ्च,   at 11:34 AM

By   /  December 1, 2019  /  Comments Off on भक्तपुर क्षेत्र नं. १ ‘क’ प्रदेशको उपनिर्वाचनमा नेपाली कांग्रेसका भडेल विजयी

    Print       Email

भक्तपुर । भक्तपुर क्षेत्र नं. १ ‘क’ प्रदेशको उपनिर्वाचनमा नेपाली कांग्रेसका कृष्णलाल भडेल विजयी भएका छन् ।

भडेलले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का देवीप्रसाद ढकालभन्दा २,५४३ मत बढी ल्याएर विजयी भएका हुन् । उनले १३,७४९ मत ल्याउँदा ढकालले ११,२०६ मत मात्र प्राप्त गरे ।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का निरज लवजूले ५,८२९ मत प्राप्त गरे । उनलाई पछ्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का श्यामप्रसाद नेपालले ५७४ मत प्राप्त गरे । यसअघि यस क्षेत्रमा नेकपा विजयी भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

Read More →