Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला

२८ असोज,   खबरमञ्च,   at 11:03 AM

By   /  October 15, 2019  /  Comments Off on ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला

    Print       Email

काठमाडौं । ‘नो ब्रा मुभमेन्ट’ अर्थात् ब्रा नलगाउने अभियान चलाएकी दक्षिण कोरियाकी प्रसिद्ध पप गायिका मृत फेला परेकी छन् ।

राजधानी सोलनजिकै रहेको आफ्नो घरमा गायिका सुली सोमबार मृत फेला परेकी हुन् ।

उनका म्यानेजरले घरको दोस्रो तलामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनले आत्महत्या गरेको अनुमानमा अनुसन्धान अघि बढाइएको त्यहाँको प्रहरीले जनाएको छ ।

यद्यपि घटनास्थलमा सुसाइड नोट भने फेला परेको छैन ।

२५ वर्षीया सुलीको वास्तविक नाम चोप जिन-रि हो । उनले दक्षिण कोरियामा ब्रा लगाउने-नलगाउने कुरा महिलाको निजी मामिला एवम् स्वतन्त्रताको कुरा हो भन्ने सन्देश फैलाएकी थिइन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सर्वाेच्च अदालतकाे ऐतिहासिक फैसलाः अयाेध्या विवादमा हिन्दु समुदायकाे पक्षमा फैसला

Read More →