Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

ब्राजिलमा भारी बर्षा, ९ जनाको ज्यान गयो

२७ चैत,   खबरमञ्च,   at 1:38 PM

By   /  April 10, 2019  /  Comments Off on ब्राजिलमा भारी बर्षा, ९ जनाको ज्यान गयो

    Print       Email

काठमाडौं । ब्राजिलमा भारी बर्षापछि आएको बाढीमा ९ जनाको मृत्यु भएको छ ।

ब्राजिलको रियो दि जेनेरियोलगायतका शहर बाढीबाट बढी प्रभावित भएका छन् ।

दर्जनौं घर भत्केका कारण भग्नावशेषमा पुरिएर ९ जनाकोे मृत्यु भएको हो । उद्धारका लागि सयौं उद्धारकर्मी खटिएका छन् ।

बाढीका कारण ब्राजिलको सडकमा आवागमन ठप्प भएको छ ।

पार्किङमा राखिएको सयौं सवारी साधन पुरिएका छन् । ब्राजिलमा विगत २४ घण्टामा ३१ मिलिमिटर बर्षा भएको मौसमविद्हरुले बताएका छन् ।

अबरुद्ध सडक सञ्चालनमा ल्याउन केही दिन लाग्ने अधिकारीहरुले जनाएका छन् । बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय चुनावको अन्तिम परिणाम, भाजपालाई ३०३ सिट, एक्लैलाई स्पष्ट बहुमत

Read More →