Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

बेरोजगारी हटाउन सरकार सफल हुँदैछ: प्रधानमन्त्री ओली

३ फागुन,   खबरमञ्च डेस्क,   at 1:08 PM

By   /  February 15, 2020  /  Comments Off on बेरोजगारी हटाउन सरकार सफल हुँदैछ: प्रधानमन्त्री ओली

    Print       Email

 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले देशमा बेरोजगारको अनुपात घटाउन सफल भएको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले दुई वर्षमा सरकारले गरेका कामका बारेमा जानकारी गराउँदै श्रम रोजगारका क्षेत्रमा जनतालाई धेरै राहत दिन सकेको दाबी गरे ।

‘ प्रत्येक ३ प्रतिशतको आर्थिक वृद्धिले रोजगारीमा कम्तिमा १ प्रतिशतले बृद्धि गर्छ भन्ने मान्यता छ,’ उनले भने,  ‘हामी ६.५ देखि ७ प्रतिशतको आर्थिक वृद्धि गरिरहँदा त्यही अनुपातले हेर्ने हो भने पनि रोजगारीको बृद्धि स्वभाविक रुपमा २ देखि ३ प्रतिशतको बीचमा हुन्छ ।’

पूराना जनशक्तिलाई रोजगारी दिन नसकेको भएपनि श्रम बजारमा आउने र आएका नायँ जनशक्तिलाई रोजगार दिन सरकार सफल भएको उनको भनाइ छ । ‘हाम्रो श्रम बजारमा जति जनशक्ति प्रवेश गर्छन्, त्यो श्रमशक्तिलार्ई नयाँ रोजगारीले भेट्ने भेट्ने स्थितिमा छ, उनले अगाडि भने, ‘श्रम बजारमा पहिले भएका बेरोेजगारले काम नपाएका होलान, तर नयाँ वेरोजगार थपिएका छैनन् ।’

विकास निमार्णकोे काममा श्रमिकको अभाव रहेको भन्दै उनले श्रम मन्त्रालयले अहिले देशभरमा रहेका बेरोजगारहरुको तथ्यांक संकलन गरिरहेको पनि बताए  । सीप र उद्यमशीलताका आधारमा रोजगारीको अवसर प्रदान गर्ने भन्दै वप्रधानमन्त्री ओलीले उच्चस्तरको रोजगारीमा ल्याउने काम बाँकी रहेको बताए ।

‘अब हामीले शिक्षालाई सीप र प्रविधिसँग जोडेर उद्यमशीलता विकास गर्दै स्वरोजगारी बढाउनु छ । मैले प्राविधिक शिक्षा र आम शिक्षाको अनुपात ७०ः३० हुनुपर्छ भनेर यसै कारणले पनि भन्ने गरेको हुँ,’ उनले भने ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सञ्चार मन्त्रालयकाे जिम्मेवारी युवराज खतिवडालाई

Read More →