Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

बिएन्डसीले जोड्यो २० जनाको छिनेको हात

२६ कात्तिक,   खबरमञ्च,   at 4:12 PM

By   /  November 12, 2018  /  Comments Off on बिएन्डसीले जोड्यो २० जनाको छिनेको हात

    Print       Email

बिर्तामोड । बिएन्डसी अस्पतालका चिकित्सकले इटहरीको एउटा उद्योगको वासिङ मेसिनले छिनाएको हात जोडेका छन्।

झापाको विर्तामोडमा रहेको उक्त अस्पतालमा कार्यरत चिकित्सकले मोरङको रंगेली–५ घरभएका ३५ वर्षीय प्रविण मण्डलको छिनेको हात जोडेका हुन्।

गत असोज २२ गते सुनसरीको इटहरीस्थित आकाश फुडस् प्रा. लि. मा वासिङ् मेशिनमा काम गर्ने क्रममा बायाँ हात मेसिनले छिनाएपछि उपचारका लागि मण्डललाई बिएन्डसी ल्याइएको थियो। इटहरीका अस्पताल तथा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनले उनको उपचार गर्न नसक्ने भन्दै उपचारका लागि बिएन्डसी पठाएका थिए।

हात छिनेको ६ घण्टापछि अस्पताल आएका मण्डललाई हाड जोर्नी विशेषज्ञ डाक्टर निराजन पराजुली नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गर्दै हात जोड्न सफल भएका हुन्। मण्डलको हातसंगै उक्त अस्पतालमा २० जनाको छिनेको हात जोडिएको डाक्टर पराजुलीले बताए।

डाक्टर पराजुलीका अनुसार मण्डलको देब्रे हातको कुइनो छालाले मात्र अडिएको अवस्थामा थियो।  उपचार पाएपछि मण्डलले आफू अपांग हुनबाट जोगिएको भन्दै खुशी ब्यक्त गरे।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघले दियाे सरकारलाई चेतावनी

Read More →