Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

बिएन्डसीमा कम्मरको जोर्नीको सफल प्रत्यारोपण

६ पुस,   खबरमञ्च,   at 4:44 PM

By   /  December 21, 2018  /  Comments Off on बिएन्डसीमा कम्मरको जोर्नीको सफल प्रत्यारोपण

    Print       Email

झापा । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले एक व्यक्तिको सफलतापूर्वक दुवै कम्मरको जोर्नी प्रत्यारोपण गरेको छ ।

भारतको आसाम राज्यस्थित तीनसुकियाका ६२ वर्षीय भरत क्षेत्रीको दुवै कम्मरको जोर्नी अस्पतालले फेरेको हो ।

यो प्रत्यारोपण नेपालमा नै पहिलोपटक भएकोसमेत अस्पतालले दाबी गरेको छ ।

यो प्रत्यारोपण अर्थोपेडिक जगतकै ठूलो सफलता भएको अस्पतालको भनाइ छ । चिकित्सकले यो उपचारलाई ‘हिप रिप्लेसमेन्ट’ बताउँदै आएका छन् ।

अस्पतालका अर्थोपेडिक सर्जन डा. निराजन पराजुली नेतृत्वको टोलीले क्षेत्रीको सफल उपचार गरेको हो ।

तीन वर्षअघिदेखि कम्मर दुख्ने समस्याले थलिएका क्षेत्री उपचारको खोजीमा नेपाल आएका थिए ।

तीन वर्षसम्म भारतकै विभिन्न अस्पतालमा देखाउँदासमेत उनको रोग पत्ता लाग्न नसकेपछि उनका आफन्तले नेपाल ल्याएका हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अनशन तोडेर आउनुस्, फूलमाला लगाइदिन्छौंः योगेश भट्टराई

Read More →