Loading...
You are here:  Home  >  स्वास्थ्य  >  Current Article

बालबालिकामा मोटोपनको समस्या विकराल बन्दै, किन हुँदैछ यस्तो?

२९ असोज,   खबरमञ्च,   at 8:03 AM

By   /  October 16, 2019  /  Comments Off on बालबालिकामा मोटोपनको समस्या विकराल बन्दै, किन हुँदैछ यस्तो?

    Print       Email

काठमाडौं । मुलुकमा ५ देखि १९ वर्षका बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ प्रतिशतले बढेको छ।

यो समस्या कमसल खानाले गर्दा बढेको खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

‘विश्वका बालबालिकाको अवस्था–२०१९ बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको प्रतिवेदनमा कमसल खानाले विश्वभरकै बालबालिकाको स्वास्थ्यलाई बिगारिरहेको निष्कर्ष छ।

नेपालमा ५ देखि १९ वर्ष उमेर समूहका १३ जनामध्ये १ जनामा मोटोपनाको समस्या छ।

नेपालमा करिब ३६ हजार बालबालिकामा मोटोपनाको समस्या छ।

११ लाख बालबालिका कुपोषणले गर्दा पुड्का छन्, भने करिब २ लाख ९० हजार बालबालिका ख्याउटे रहेका युनिसेफले जनाएको छ।

त्यस्तै १३ लाख बालबालिकामा भिटामिन ए, आइरन लगायतका पोषण तत्वको कमी छ।

३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि २ वर्षबीच फलफूल वा तरकारी खान पाउँदैनन्।

प्याकेटका तयारी खानेकुराको बढ्दो प्रयोगले बालबालिकाको जीवनमा नकारात्मक असर गरिरहेको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

लिपुलेकको विषयले चिन्तित बनाएको भन्दै डा. केसीले तोडे अनसन

Read More →