Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

बाजी मार्न सक्लान प्रितम तथा आयुषले लिटल च्याम्पसको उपाधि ?

१३ चैत,   खबरमञ्च,   at 8:48 PM

By   /  March 27, 2019  /  Comments Off on बाजी मार्न सक्लान प्रितम तथा आयुषले लिटल च्याम्पसको उपाधि ?

    Print       Email

विर्तामोड । भारतको जी टिभीको चर्चित रियालिटी शो सारेगमप लिटिल च्यामसको टप १४ मा नेपालका प्रितम आचार्य र आयुष केसी पुग्न सफल भएका छन्।

एकपछि अर्काे धमाकेदार प्रस्तुति दिदै सबैकाे मन जित्न सफल नेपाल इटहरीका प्रितम र ठिमी भक्तपुरका आयुषले उत्कृष्ट प्रस्तुति दिदै आफूलाई अब्बल सावित गरिरहेका छन् ।

आफ्ना हरेक प्रस्तुतिमा उनीहरुले सबैलाई लोभ्याउने गरेका छन् । भारतका लाखौ प्रतिस्पर्धीबाट छानिएर आएका प्रतिस्पर्धीलाई कडा टक्कर दिदै उनीहरुले आफूलाई अब्बल साबित गरिरहेका छन् ।

देश बिदेशमा बस्ने लाखौ नेपालीको माया र समर्थन समेत उनीहरुले विभिन्न माध्यमबाट पाइरहेका छन् । भारतको चर्चित शोमा नेपालबाट सहभागिता जनाउनु आफैमा खुसीको खबर र गर्व लाग्ने कुरा हो भने त्यसैमा कार्यक्रममै आफुलाई अब्बल सावित गर्दै देशको नाम समेत चिनाउनु सबैका लागि खुशीको खबर बन्दै गएको छ ।

टप १४ का लागि भएको अन्तिम प्रस्तुतिमा प्रितम आचार्यले फेरि शत प्रतिशत नतिजा ल्याउदै सबैकाे मन जितेका छन् । ९६ % बढी नतिजा ल्याउँदै आयुषले समेत आफ्नो बलियो लय कायम राखेका छन् ।

यस हप्ता पनि प्रितमककाे प्रस्तुतिलाइ निर्णायकहरूले सत प्रतिसत नजिता दिएका थिए । अडिसन ्बाटै सबैको मन जितेका ११ बर्षिय प्रितमले ब्याक टु ब्याक चार्टबास्टर पर्फर्मेन्स दिइरहेका छन् ।

यस हप्ता उनले ‘दिवाना’ फिल्ममा समाबेश कुमार सानुले गाएको गीत ‘सोचेङ्गे तुम्हे प्यार’ गीत गाएका थिए भने आयुषले “बिर” फिल्मको सुरीली आखियौ वाली गीत गाएका थिए ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काठमाडाैं र ललितपुरमा मेहेन्दी महोत्सवः यसरी गरिँदैछ श्रावणको स्वागत

Read More →