Loading...
You are here:  Home  >  कला / साहित्य  >  Current Article

बहुविवाह मुद्दामा शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्याे

२७ कार्तिक,   रासस,   at 9:15 AM

By   /  November 13, 2019  /  Comments Off on बहुविवाह मुद्दामा शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुल्याे

    Print       Email

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि बहुविवाहको विवादमा मुछिएकी अभिनेत्री शिल्पा पोखरेललाई पक्राउ गर्न बाटो खुलेको छ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले आज अभिनेत्री पोखरेलले आफूलाई पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध दायर गरेको रिट निवेदन खारेज गर्ने आदेश दिएपछि पक्राउ गर्न बाटो खुलेको हो।

यसअघि, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सो अन्तरिम आदेशका साथै रिट निवेदन आज खारेज भएको छ।

फिल्म निर्माता छवि ओझासँगको विवादमा जेठी श्रीमती हेमाकुमारी ओझाले बहुविवाह भएको उल्लेख गर्दै प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो। सो पुर्जी जारी भएपछि बहुविवाह मुद्दामा अनुसन्धान गर्न छवि र शिल्पा दुवैका नाममा पक्राउ पुर्जी जारी भएको थियो।

जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत पाटनमा अभिनेत्री पोखरेलले दायर गरेको रिट निवेदनमा जिल्लाको सदर गरेपछि सर्वोच्च अदालतमा वारेसमार्फत रिट निवेदन दर्ता गराएकी थिइन्। सो निवेदन आज खारेज भएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

रहेनन् विनयकुमार कसजु

Read More →