Loading...
You are here:  Home  >  समाज  >  Current Article

बर्थिङ सेन्टरमा पहिलो प्रसूति सेवा लिएकी सुत्केरीलाई गाउँपालिका अध्यक्षको कोसेली ‘लोकल भाले’

१७ पुस,   खबरमञ्च,   at 7:36 PM

By   /  January 1, 2019  /  Comments Off on बर्थिङ सेन्टरमा पहिलो प्रसूति सेवा लिएकी सुत्केरीलाई गाउँपालिका अध्यक्षको कोसेली ‘लोकल भाले’

    Print       Email

विर्तामोड । झापाको एक स्थानीय तहका जनप्रतिनिधी ‘लोकल भाले’, हर्लिक्स र बच्चाका लागि कपडा तथा डाईफर बोकेर सुत्केरी महिला भेट्न स्वास्थ्य चौकी पुगे ।

झापाको हल्दिबारी गाउँपालिका ४ मा रहेको स्वास्थ्य चौकीमा सञ्चालनमा ल्याइएको बर्थिङ सेन्टरले पहिलो पटक प्रसूति सेवा प्रदान गरी सुत्केरी गराएपछि सुत्केरी भेट्न गाउँपालिका अध्यक्ष ‘लोकल भाले’ लिएर स्वास्थ्य चौकी पुगेका हुन् । सोमबार बर्थिङ सेन्टरमा पहिलो पटक प्रसुति भएकी हल्दिबारी ५ की सुजता तामाङ र नवजात शिशुको अवस्था बुझ्न गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनसहित स्थानीय जनप्रतिनिधी, कर्मचारी स्वास्थ्य चौकी पुगेका हुन् ।

गत पौष १ गतेदेखी गाउँपालिकाले वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकीबाट बर्थिङ सेवा सुरुवात गरेको थियो । बर्थिङ सेवालाई विश्वसनीय र प्रभावकारी बनाउन यस किसिमको प्रोत्साहनको कार्यक्रम गरिएको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

कर्मचारी समायोजनका विषयमा सरकारसित लिखित जवाफ माग

Read More →