Loading...
You are here:  Home  >  कृषि/पशुपालन  >  Current Article

बजेटमा युवालाई कृषिमा आकर्षित गर्न विशेष कार्यक्रमको अवधारणा ल्याइएको छः कृषिमन्त्री खनाल

८ असार,    at 5:05 PM

By   /  June 23, 2019  /  Comments Off on बजेटमा युवालाई कृषिमा आकर्षित गर्न विशेष कार्यक्रमको अवधारणा ल्याइएको छः कृषिमन्त्री खनाल

    Print       Email

कृषि तथा पशुपन्छी विकासमन्त्रीमन्त्री चक्रपाणी खनालले स्वदेशी तथा विदेशबाट फर्केका १ हजार युवालाई कृषिमा आकर्षित गर्न विशेष कार्यक्रमको अवधारणा ल्याइएको बताएका छन्  ।

विनियोजन विधेयकअन्तर्गत कृषि मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले कार्यक्रम संचालनका लागि आवश्यक कार्यविधि तयार भइरहको पनि बताए ।

प्रधानमन्धी कृषि आधुनिकीकरण परियोजना प्रभावकारी बनाउन परियोजनाको सांगठनिक संरचनामा सुधार गर्न मन्त्रिपरिषदमा प्रस्ताव दर्ता गराइसकेकाे पनि मन्त्री खनालले बताए ।

रासायनिक मलको अभावका कारण किसानले भोग्नु परेको समस्या समाधान गर्न सरकार लागिपरेकाे बताए ।

आगामी आर्थिक वर्षमा मलको अभाव हुन नदिन लागत सहभागिताका आधारमा कृषकलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउन ९ अर्ब बजेट छुट्याइएको बताए । मल अभाव अन्त्यका लागि प्राङ्गारिक मिसन शुरु गरेको उनले बताए ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

स्वस्थ परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने

Read More →