Loading...
You are here:  Home  >  अन्तर्राष्ट्रिय  >  Current Article

फिलिपिन्समा भूकम्प: ६ जनाको ज्यान गयाे, ३०० घाइते

१३ कार्तिक,   रासस,   at 6:46 AM

By   /  October 30, 2019  /  Comments Off on फिलिपिन्समा भूकम्प: ६ जनाको ज्यान गयाे, ३०० घाइते

    Print       Email

मनिला(रासस/सिन्ह्वा)- दक्षिण फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ६ जनाको मृत्यु भएको फिलिपिन्सका अधिकारीले बताएका छन्।

भूकम्पका कारण ३०० भन्दा बढी व्यक्ति घाइते भएका बताइएको छ।

भूकम्प धक्का कतिपय स्थानमा एक मिनेटसम्म अनुभव गरिएको थियो। भूकम्पबाट सर्वसाधारणका घरहरुका साथै ठुल्ठूला भवनहरु र स्कुलका कक्षाकोठाहरुमा क्षति पुगेको छ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प ६.६ म्याग्निच्युडको थियो।

यसलगत्तै अरु ५.८ म्याग्निच्युडको परकम्प जानुका साथै अरु ससाना परकम्पहरु पनि गएका थिए।

पहिलो धक्का स्थानीय समयअनुसार मंगलबार बिहान ९ः०४ मा तादुनान शहरको २५ किलोमिटर दक्षिणपूर्वमा सात किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो।

भूकम्पका कारण स्थानीय प्रशासनले स्कुलहरु बन्द गर्न सूचना जारी गरेको थियो।

दुई साताअघि पनि फिलिपिन्समा ६.४ म्याग्नीच्यूडको भूकम्प गएको थियो।

उक्त भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै दर्जनौं भवनमा क्षति पुगेको थियो।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

भारतीय सर्वाेच्च अदालतकाे ऐतिहासिक फैसलाः अयाेध्या विवादमा हिन्दु समुदायकाे पक्षमा फैसला

Read More →