Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

फिफा बर्ष उत्कृष्ट पुरुष खेलाडीका लागि रोनाल्डोदेखि मेस्सीसम्म मनोनयनमा परे

१५ साउन,   खबरमञ्च,   at 8:22 PM

By   /  July 31, 2019  /  Comments Off on फिफा बर्ष उत्कृष्ट पुरुष खेलाडीका लागि रोनाल्डोदेखि मेस्सीसम्म मनोनयनमा परे

    Print       Email

काठमाडाै‌ । विश्व फुटबलको नियामक निकाय फिफाले बर्ष उत्कृष्ट पुरुष खेलाडीमा १० जना खेलाडी मनोनित गरेको छ । बुधबार सार्वजनिक गरेकाे मनोनयनमा विश्व चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सीसहित १० जना खेलाडी मनोनयनमा परेका छन्।

मनोनयनमा परेका खेलाडीमा क्रिष्टियानो रोनाल्डो, लियोनल मेस्सी, मोहम्मद सलाह, किलियन एम्बाप्पे, भिर्जील भान्डाइक र सदियो माने रहेका छन् ।

यस्तै, इडन हर्जाड, ह्यारि केन, माथिस डिलिग्ट र फ्रान्की डि जोङ छन् । अघिल्लो वर्ष उत्कृष्ट खेलाडीको अवार्ड विजेता खेलाडी लुका मोडरिच भने यो बर्षको उत्कृष्ट १० खेलाडीकाे मनोनयनमा परेका छैनन् । यस्तै, युवा स्टार खेलाडी नेयमार पनि मनोनयनमा परेका छैनन् ।

फिफाले सन् २०१८ जुलाई १६ देखि २०१९ जुलाई १९ सम्म खेलाडीले पाएको सफलताका आधारमा फिफा बर्ष खेलाडीमा मनोनित गर्ने गरेको छ ।

मनोनित खेलाडीलाई एक जनाले तीन भोट गर्न पाउनेछ । जसमा आफ्नो पहिलो रोजाइको खेलाडीलाई ५ अंक दिनसक्ने छ भने दोस्रो र तेस्रोलाई क्रमश : ३ र १ अंक दिन पाउने प्रावधान फिफाले बनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पारसको राजीनामापछि सन्दीपको भावुक ट्विट-‘द लिजेन्ड दाजु पारस खड्का’

Read More →