Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

फाल्गुनन्द गोल्डकपः एपिएफलाई हराउँदै झापा-११ सेमिफाइनलमा, कर्ण लिम्बु म्यान अफ दि म्याच

२३ पुस,   खबरमञ्च,   at 8:37 PM

By   /  January 7, 2019  /  Comments Off on फाल्गुनन्द गोल्डकपः एपिएफलाई हराउँदै झापा-११ सेमिफाइनलमा, कर्ण लिम्बु म्यान अफ दि म्याच

    Print       Email

विर्तामाेड ।  झापा ११ फिदिममा जारी दशौं फाल्गुनन्द गोल्डकपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ ।

साेमबार भएकाे खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–१ ले हराउँदै झापाले अन्तिम ४ मा स्थान सुरक्षित गरेकाे हाे ।

झापाको जितमा कार्ण लिम्बुले दुई र दिलेन लोक्तानले एक गोल गरेका थिए ।

खेलमा २३ औं मिनेटमा देवेन्द्र तामाङको पासमा कर्ण लिम्बुले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा एपिएफका लागी मनिष लामाले बराबरी गोल फर्काए ।

खेलको ३८ औं मिनेटमा दिलेन लोक्तानले गोल गर्दै झापाको अग्रता पुन: स्थापना गरे । तर त्यसपछि एपिएफका तर्फबाट कुनै गाेल हुन सकेन ।

८५ औं मिनेटमा दिलेनको क्रसमा कर्णले व्यक्तिगत दोस्रो गोल गर्दै झापाको अग्रता फराकिलाे बनाए ।

कर्ण लिम्बुले म्यान अफ दि म्याच बन्दै दश हजार रुपैयाँ प्राप्त गरे ।

फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको विजेताले उपाधि सहित नगद चार लाख प्राप्त गर्ने छ ।

फाल्गुनन्द गोल्डकपमा मंगलबार एनएमबि फिदिम सपोर्टिङ क्लब र  त्रिभुबन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

फिफा वरियतामा नेपाल ४ स्थान तह झर्यो

Read More →