Loading...
You are here:  Home  >  अपराध  >  Current Article

प्रयास हत्या प्रकरणः बुबाकै गाडीमा घाँटी थिचेर हत्या, शवलाई ठेगान लगाएपछि खोजीमा ‘सहयोग’ !

मंसिर १३,   खबरमञ्च,   at 7:02 PM

By   /  November 29, 2018  /  Comments Off on प्रयास हत्या प्रकरणः बुबाकै गाडीमा घाँटी थिचेर हत्या, शवलाई ठेगान लगाएपछि खोजीमा ‘सहयोग’ !

    Print       Email

काठमाडौं । काठमाडौंमा फेरि एउटा बालकको अपहरणपछि हत्या भएको छ । गोंगबुबाट तीन दिनअघि अपहरणपछि हत्या गरिएका ८ वर्षीय बालक प्रयास कुँवरको शव म्हेपी पुलमुनि फोहोरको थुप्रोमा भेटिएको हो ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी फडिन्द्र प्रसाईंले खबरमञ्चलाई दिएको जानकारी अनुसार जेब्रा झोलाभित्र उनको शव भेटिएको थियो । घटनामा संलग्न स्याङ्जाका मेहन्द्र ऐसके पक्राउ परेका छन् ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

उनी गोंगबुस्थित स्वस्तिका त्रिवेणी गेस्ट हाउसमा सवारी चालकको रुपमा कार्यरत् थिए । गेस्ट हाउसका सञ्चालक प्रवीणका छोरा हुन्, हत्या गरिएका प्रयास । मंगलबार साँझदेखि उनी हराएको भन्दै प्रहरीमा खोजतलासका लागि उजुरी परेको थियो ।

होटलकै गाडीमा अपहरण

प्रहरीको दाबी अनुसार एक महिनाअघिदेखि एसके त्यो होटलमा काम गर्न थालेका थिए । तर, गेस्ट हाउसको सञ्चालकको सवारी चालकको रुपमा जागिर सुरु गरेदेखि नै उनले ‘मन लगाएर’ काम गर्ने गरेका थिएनन् ।

त्यसक्रममा मंगलबार साँझ सञ्चालक नियमित स्वास्थ्य परीक्षणका लागि गएपछि उनले बालकलाई चकलेट दिएर होटलकै गाडीमा हालेर लगेका थिए । त्यसवेलै उनले नजिकैको फेन्सी पसलमा जेब्रा झोला किनेका थिए, जुन झोलामा हत्यापछि बालकको शव राखिएको थियो ।

‘त्यसवेलै गाडीभित्रै नाकमुख तथा घाँटी थिचेर उनले बालकको हत्या गरेका थिए’, महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी नरेन्द्र उप्रेतीले भने, ‘बालकको हत्यापछि उनले खोजतलासमा समेत सघाएको नाटक गरेका थिए ।’

कसुर स्वीकारिसकेपछि बयान दिने क्रममा सार्कीले भनेका छन्, ‘मालिकले मलाई निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिने गरेको थियो ।’

यसअघि २१ साउनमा काठमाडौंको काँडाघारीमा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या भएको थियो । जसमा संलग्न दुई जना प्रहरी इन्काउन्टरमा मारिएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

काठमाडौंको रातोपुलमा गाेली चल्याे, डकैतीमा मुछिएका लिम्बु घाइते

Read More →