Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध पाँच उजुरी

२९ चैत,   खबरमञ्च,   at 9:37 AM

By   /  April 12, 2019  /  Comments Off on प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध पाँच उजुरी

    Print       Email

काठमाडौं  । संवैधानिक परिषद्बाट  प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलियाविरुद्ध पाँच उजुरी परेका छन्। संसदीय सुनुवाइ समितिले गत चैत २० देखि उनीविरुद्ध उजुरी आह्वान गरेको थियो। थपलियाविरुद्ध विहीवारसम्म मा ५ वटा उजुरी परकाे संसद सचिवालयले जनाएकाे छ ।

थपलियाविरुद्ध परेका उजुरी सबैभन्दा भेरै कर्मचारीबाटै परेका छन्। कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाक सचिव रहँदै प्रमुख आयुक्तमा सिफारिस भएका हुन् । उनीविरुद्ध कर्मचारी समायोजनमा विभेद गरेको भन्दै उजुरी परेको छ। उजुरीकर्तामध्येका कर्मचारीहरूले दिएको विवरणअनुसार उनीविरुद्ध माथिल्लो तह र तल्लो तहका कर्मचारीलाई विभेद गरेको सम्बन्धी विभिन्न उजुरी परेका छन्।

कर्मचारी समायोजनमा प्रशासन सेवालाई केन्द्रबिन्दुमा राखेर अरु सेवालाई अपहेलना गर्ने काम गरेको पनि उजुरी परेको छ।

शुक्रबारसम्म थपलिया विरुद्ध उजुरीको समय तोकिएको छ। संसदीय सुनुवाइ समितिले उजुरी खाेलेर उजुरीकर्तासंग छलफल गरेपछि मात्र थपलियालाई सुनुवाइमा बाेलाउनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

नेपालजस्तो राष्ट्रको विकासका लागि कनेक्टिभिटी सर्वाधिक महत्वपूर्णः राष्ट्रपति भण्डारी

Read More →