Loading...
You are here:  Home  >  समाज  >  Current Article

प्रधानसेनापति थापाले शुक्रबारदेखि ६ दिने भारत भ्रमण गर्ने

२६ पुस,   खबरमञ्च,   at 4:11 PM

By   /  January 10, 2019  /  Comments Off on प्रधानसेनापति थापाले शुक्रबारदेखि ६ दिने भारत भ्रमण गर्ने

    Print       Email

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलि (शुक्रबार)देखि ६ दिने भारत भ्रमण गर्ने भएका छन् ।

प्रधानसेनापति पदमा नियुक्त भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षी स्थल सेनाध्यक्ष जनरल विपीन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

भ्रमणकाक्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।

दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।

प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

साथै, उनले सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नेछन् ।

सेना प्रवक्ता ढकालद्वारा कार्यभारग्रहण

नेपाली सेनाको प्रवक्ता एवं जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक पद सहायक रथी यामप्रसाद ढकालले सम्हालेका छन् ।

यसअघिका प्रवक्ता एवं निर्देशक सहायक रथी गोकुल भण्डारीले बिहीबार एक कार्यक्रमकाबीच सहायक रथी ढकाललाई कार्यभार हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सहायक रथी ढकालको कार्यकालमा नेपाली सेना र आमसन्चार जगत्बीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसन्चार जगत्को सहयोग यथावत् रहिरहने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

त्रिभुवन विश्वविद्यालयका सहायक डिन घुससहित पक्राउ

Read More →