Loading...
You are here:  Home  >  समाज  >  Current Article

प्रधानसेनापति थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

२८ पुस,   खबरमञ्च,   at 5:16 PM

By   /  January 12, 2019  /  Comments Off on प्रधानसेनापति थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

    Print       Email

काठमाडौ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

भारत भ्रमणमा रहेका थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले एक समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।  भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले नेपाली भाषामा ट्वीट गर्दै नेपालका सेनापतिलाई सम्मान गरेको फोटो सार्वजनिक गरेका छन् ।

शनिबार राष्ट्रपति कोबिन्दले आफ्नो आधिकारिक अकाउन्ट ट्वीटरमा नेपाली भाषामै नेपालका सेनापति पूर्णचन्द्र थापाको तारिफ गरेका छन् ।  भारतीय राष्ट्रपति कोबिन्दले  नेपाली सेनाका लागि गरेका योगदान र भारतसँगको मैत्रीपूर्ण सम्बन्धको प्रगाढताको लागि दिएको योगदानको सम्मान गर्दै र सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गरिएको लेखेका छन् ।

प्रधानसेनापति थापा शुक्रबारदेखि एक हप्ता लामो भारत भ्रमणमा छन् ।

भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट तथा साउथ वेस्टन कमाण्ड जयपुर र सेन्ट्रल कमाण्ड लखनऊको भ्रमण गर्ने कार्यक्रम छ । प्रधानसेनापतीमा नियक्त भएपछि थापाको यो पहिलो भारत भ्रमण हो ।

भारतीय सेना प्रमुख र नेपालका सेना प्रमुखलाई दुवै देशले मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिने परम्परा रहि आएको छ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रहरी महानिरीक्षक खनाल थाइल्याण्ड प्रस्थान

Read More →