Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

२१ असोज,   खबरमञ्च,   at 3:47 PM

By   /  October 8, 2019  /  Comments Off on प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

    Print       Email

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैँको टीका लगाई दिएकी छन्।

राष्ट्रपति भण्डारीले मंगलबार अपरान्ह १ बजेर ३५ मिनेटमा राष्ट्रपति भवन सितल निवास पुगेका प्रधानमन्त्री ओलीलाई बडा दशैँको टीका, जमरा र जमराको माला लगाई दिएकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई पनि टीका लगाई दिएकी छन्। उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई दशैँको टीका लगाई दिएकी छन्।

अहिले राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन सितल निवासमा सर्वसाधारणलाई पनि टीका लगाई रहेकी छन्। यस अघि उनले बिहान १० बजेर ३५ मिनेटको शुभसाईतमा आमा मिथिला पाण्डेबाट दशैँको टीका ग्रहण गरेकी थिइन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्थमन्त्री खतिवडाका कारण प्रधानमन्त्रीलाई अप्ठ्यारोः गगन थापा

Read More →