Loading...
You are here:  Home  >  समाज  >  Current Article

प्रधानमन्त्री​​​​​​​द्वारा बकर इदको शुभकामना

२७ साउन,   रासस,   at 8:44 AM

By   /  August 12, 2019  /  Comments Off on प्रधानमन्त्री​​​​​​​द्वारा बकर इदको शुभकामना

    Print       Email

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महत्वपूर्ण चाड इद–उल–अज्हा (बकर इद) का अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज एक शुभकामना सन्देश जारी गरी उहाँले आजको दिन सकभर खुला स्थान इद गाहामा सो नभए मस्जिदमा इद–उल–अज्हा (बकर इद)को नमाज पढेर एकापसमा खुशी साटासाट तथा शुभकामना आदानप्रदान गर्ने दिन भएको उल्लेख गर्दै मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको हो ।

‘यस अवसरमा हरेक वर्ष लाखौँ इस्लाम धर्मावलम्बीहरुले हज गर्ने गर्दछन्, यो वर्ष हज गर्न साउदी अरबको मक्का–मदिनामा गएका पन्ध्र सय नेपाली हाजीहरुलाई समेत हज मुबारक भन्न चाहन्छु’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

बकर इदका अवसरमा बिहान सबेरै नमाज पढेपछि आ–आफ्नो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरीबलाई र बाँकी एक हिस्सा इस्टमित्रहरुलाई प्रदान गर्ने गरिन्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मानव अधिकार आयोग र निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष पेश गरे वार्षिक प्रतिवेदन

Read More →