Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रधानमन्त्रीओलीलाई पूर्ण स्वास्थ्यलाभ भएकाले निवास फिर्ता गराउने चिकित्सकको निर्णय

१६ कात्तिक,   खबरमञ्च,   at 6:30 PM

By   /  November 2, 2018  /  Comments Off on प्रधानमन्त्रीओलीलाई पूर्ण स्वास्थ्यलाभ भएकाले निवास फिर्ता गराउने चिकित्सकको निर्णय

    Print       Email

काठमाडौँ । छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएकाले चिकित्सकले निवास फिर्ता गराउन अहिले साँझ निर्णय गरेका छन् ।

छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका प्रतिवेदन अध्ययनपछि स्वास्थ्यस्थिति सामान्य देखिएको पाइएको थियो ।

सेण्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले आज बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको थियो । प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

संविधानको भावनानुसार प्रवासमा रहेका नेपालीको मताधिकार सुरक्षित हुनुपर्छः कमल थापा

Read More →