Loading...
You are here:  Home  >  समाज  >  Current Article

प्रधानन्यायाधीश पराजुलीद्वारा आफूसहितको दुई इजलास गठन

पुस ३०,   खबरमञ्च,   at 3:52 PM

By   /  January 14, 2018  /  Comments Off on प्रधानन्यायाधीश पराजुलीद्वारा आफूसहितको दुई इजलास गठन

    Print       Email

काठमाण्डाैं । आफ्नो योग्यताका विषयमा गम्भीर आरोप लागेपछि दैनिक कामकाजबाट अलग हुने अपेक्षा आम नागरिकले गरिरहेका बेला प्रधानन्यायाधीश गोपाल पराजुलीले नियमित कामलाई निरन्तरता दिनु भएको छ ।

प्रधान्यायाधीश पराजुलीले आज मुद्दाको पेशी तोक्दै आफू सम्मिलित दुई इजलास पनि गठन गर्नु भएको छ ।

प्रधान्यायाधीश पराजुली सम्मिलित दुई संयुक्त इजलासमा १९ वटा मुद्दाका पेशी तोकिएका छन्। पहिलो इजलासमा न्यायाधीश प्रकाशमानसिंह राउतसँग एउटामात्र मुद्दाको पेशी तोक्नु भएको छ ।

कानुन अध्ययन केन्द्रका वीरेन्द्र थपलियाले प्रधानमन्त्री कार्यालय विपक्षी बनाइ दायर रिटको निर्णय सुनाउने गरी पराजुलीले इजलास तोक्नु भएको छ । दोस्रो संयुक्त इजलासमा १८ वटा मुद्दा रहेका छन् । उक्त इजलासको अर्को सदस्यमा सपना मल्ल प्रधान हुनु हुन्छ ।

गत बुधबार सर्वोच्चले डा. गोविन्द केसी विपक्षी रहेको अपहेलना मुद्दामा सुनुवाइ गर्दै पराजुलीको शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपि तथा नागरिकताका प्रतिलिपि अध्ययनका लागि माग गरेको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुग्यो

Read More →