Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश ५ प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता

२० मंसिर,   खबरमञ्च,   at 12:55 PM

By   /  December 6, 2018  /  Comments Off on प्रदेश ५ प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता

    Print       Email

 

 

खस्यौली  प्रदेश नं ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएको छ । प्रदेशसभा सञ्चालन भएपछि ती विधेयकमाथि छलफल हुने प्रदेश नं ५ को कानून तथा विधेयक शाखाका चन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ को सङ्घ, संस्थाहरुको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालयले दर्ता गराएको हो । प्रदेश नं ५ को हिउँदे अधिवेशन आगामी मङ्सिर २६ गतेबाट शुरु हुँदैछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रदेश २ मा आज र भाेलि सार्वजनिक बिदा

Read More →