Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेश १ सरकारः मृतकका परिवारलाई दुई लाख, घाइतेकाे निःशुल्क उपचार

२९ असार,   खबरमञ्च,   at 7:38 PM

By   /  July 14, 2019  /  Comments Off on प्रदेश १ सरकारः मृतकका परिवारलाई दुई लाख, घाइतेकाे निःशुल्क उपचार

    Print       Email

विराटनगर । बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई  प्रदेश १ सरकारले प्रति मृतक २ लाख रुपैयाँ दिने भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको बैठकले मृतक परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

साथै घाइतेहरूको सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने र नीजि अस्पतालमा ५० हजार रुपैयाँसम्मको उपचार खर्च व्यहोर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिलला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

विपतमा परेकालाई १ लाखसम्मको आर्थिक सहयोग गर्ने कार्यविधि भएको भए पनि मन्त्रिपरिषद्को बैठकबाट थप एक लाख दिने निर्णय गरिएको उनले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

प्रदेश ५ ले पनि दियाे इदकाे अवसरमा सार्वजनिक विदा

Read More →