Loading...
You are here:  Home  >  समाज  >  Current Article

प्रदेश नम्बर २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त डा. सुरेन्द्र प्रसाद यादवद्वारा सपथ ग्रहण

२२ भदौ,   खबरमञ्च,   at 4:02 PM

By   /  September 8, 2019  /  Comments Off on प्रदेश नम्बर २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त डा. सुरेन्द्र प्रसाद यादवद्वारा सपथ ग्रहण

    Print       Email

जनकपुर । प्रदेश नम्बर २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले पद तथा गोपनियताको सपथ लिएका छन् ।

आइतबार आयोजित एक समारोहमा उनलाई प्रदेश नम्बर २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण गराएका हुन् ।

नवनियुक्त यादवले  सिरहा क्याम्पसमा लामो समय सम्म उपप्राध्यापकको रुपमा काम गरेका छन् भने नेपाल पत्रकार महासङ्घ सिरहा शाखाका साधारण सदस्य समेत हुन् ।

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सिफारिस समितिले डा. यादवलाई प्रदेश लोकसेवा आयोग अध्यक्षमा नियुक्त गरिएको थियो । त्यस्तै प्रदेश नीति आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको छ। झालाई पनि सोही कार्यक्रममा नियुक्ति पत्र दिइएको हो ।

यसअघि नीति आयोगका उपाध्यक्ष हरिवंश झाले सार्वजनिक स्थलमा प्रदेश सांसदको आलोचना गर्दा प्रतिपक्षी काङ्ग्रेसले प्रदेश सरकारसँग कारवाहीको माग गरेको थियो । सो पछि हरिवंश झाले राजीनामा दिएपछि भोगेन्द्र झालाई नियुक्ति गरिएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पक्राउ परेका विप्लव समूहका तीन कार्यकर्ता सार्वजनिक, प्रहरी भन्छ-दशैं अघि अर्को दुर्घटना हुन सक्थ्यो

Read More →