Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेशको नाम र राजधानीको टुंगो चाँडै लगाइने मुख्यमन्त्री राईको भनाइ

११ असोज,   खबरमञ्च,   at 3:50 PM

By   /  September 27, 2018  /  Comments Off on प्रदेशको नाम र राजधानीको टुंगो चाँडै लगाइने मुख्यमन्त्री राईको भनाइ

    Print       Email

धनकुटा । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले सहमतिका आधारमा चाँडै नै प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाइने बताएका छन् ।

प्रेस संगठन धनकुटाले बिहीबार धनकुटामा गरेको पत्रकार सम्मेलनमा उनले आफूसँग दुइतिहाइको समर्थन भएपनि प्रक्रियामा वा बहुमत र अल्पमतका आधारमा प्रदेशको नाम र राजधानी नतोकी सहमतिका आधारमा तोकिने बताए ।

प्रक्रियामा गएर राजधानी र नाम तोक्दा विकासमा अवरोध हुने भएकाले सहमतिका आधारमा तोकिने उनको भनाइ थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी पदबाट बर्खास्त

Read More →