Loading...
You are here:  Home  >  प्रदेश समाचार  >  Current Article

प्रदेशका आठ कार्यालय उद्घाटन, प्रदेशको कामले गति पाउने अाशा

१९ कार्तिक,   खबरमञ्च,   at 10:13 PM

By   /  November 5, 2018  /  Comments Off on प्रदेशका आठ कार्यालय उद्घाटन, प्रदेशको कामले गति पाउने अाशा

    Print       Email

फिदिम । पाँचथरमा प्रदेश नं १ सरकार मातहतका आठ वटा कार्यालय स्थापना गरिएका छन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जलस्रोत तथा सिँचाइ विकास डिभिजन, पूर्वाधार विकास कार्यालय, नयाँ शहर आयोजना, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र जिल्ला अस्पतालको स्थापना गरिएको हो ।

आठ वटै कार्यालयको प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्नुभयो । यसअघि स्वास्थ्य समन्वय कार्यालय यहाँ स्थापना भइसकेको छ ।

स्थापित कार्यालयले पाँचथरसहित इलाम र ताप्लेजुङका स्थानीय तहका विषयगत शाखा तथा प्रदेश सरकारबीच समन्वयको कार्य गर्नेछन् । संविधान कार्यान्वयनको जटिल प्रक्रिया पनि तीव्र गतिका साथ अघि बढाउन सङ्घीय सरकार र प्रदेश सरकार सफल भएको बताउँदै मन्त्री आङ्बोले काम गर्ने क्रममा केही ढिलाइ हुँदैमा प्रश्न उठाउनुपर्ने आवश्यकता नरहेको स्पष्ट पारे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश संसदीय दलका सचेतक सीता थेवेले सेवा प्रवाहलाई व्यवस्थित र गुणस्तरीय बनाउन नवस्थापित कार्यालयका प्रमुखलाई आग्रह गरे ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर विष्टले प्रदेश सरकारका विभिन्न मन्त्रालयअन्तर्गतका कार्यालय नरहेका जिल्लामा सम्पर्क केन्द्र स्थापना गरिने जानकारी दिए ।

भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका सचिव सागरकुमार राईले प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि कार्यालय स्थापनाले ठूलो सहयोग मिल्ने बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी पदबाट बर्खास्त

Read More →