Loading...
You are here:  Home  >  समाज  >  Current Article

प्रथम सूर्योदय महोत्सव–२०७६ शनिवारबाट शुरु

१४ मंसिर,   खबरमञ्च,   at 5:04 PM

By   /  November 30, 2019  /  Comments Off on प्रथम सूर्योदय महोत्सव–२०७६ शनिवारबाट शुरु

    Print       Email

फिक्कल । इलामको सूर्योदय नगरपालिकामा आयोजना गरिएको ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ शनिवारबाट शुरु भएको छ।

आगामी मंसिर १८ सम्म उक्त महोत्सव आयोजना हुनेछ।

संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्नका साथै सूर्योदय नगरको पर्यटन प्रवर्द्धन गर्न महोत्सवको आयोजना गर्न लागिएको बताइएको छ।

महोत्सवमा नेपालका विभिन्न क्षेत्र तथा छिमेकी मुलुक भारतको दार्जिलिङ, सिक्किमलगायतबाट समेत पर्यटकहरुलाई भ्रमण गराउने योजना छ।

महोत्सवमा आन्तरिक र बाह्य गरी ५ लाख पर्यटकले आवतजावत गर्ने अनुमान रहेको सूर्योदय नगरपालिकाको भनाइ छ ।

महोत्सव अवधिभर कन्याम, श्रीअन्तु, फिक्कल, थुम्के, पशुपतिनगर लगायतका स्थानमा सूर्योदयको दृश्यावलोकन, लोपोन्मुख रेडपाण्डा (हाब्रे) को अवलोकन, स्थानीय क्षेत्रमा उत्पादित कृषिजन्य उत्पादनको प्रदर्शनी, लाप्चा दरबार अवलोकन, देउराली हाईक, साइकल दौड, फोटो प्रर्दशनी, मौलिक र अर्ग्यानिक परिकारसहितको फुड फेस्टिबल, साहित्यिक–सांस्कृतिक कार्यक्रम, घोडाको सौन्दर्य प्रतियोगिताजस्ता कार्यक्रम हुनेछन्।

महोत्सव प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिवार उदघाटन गरे। उदघाटन गर्दै मुख्यमन्त्री राईले अहिलेसम्म पूर्वका पर्यटकीय स्थलहरुको नीतिगत चिनारी नगराइनु बिडम्बना भएको बताए।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सामाजिक (व्यवहार) सुधार ऐन २०३३ समय सापेक्ष बनाउन छलफल सुरु

Read More →