Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रतिनिधि सभाका निवर्तमान सभामुख महरा पक्राउ

१९ असोज,   खबरमञ्च,   at 6:15 PM

By   /  October 6, 2019  /  Comments Off on प्रतिनिधि सभाका निवर्तमान सभामुख महरा पक्राउ

    Print       Email

काठमाडौं । यौन दुर्व्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।

कर्मचारी रोशनी शाहीले अस्ती शुक्रबार राति नयाँ बानेश्वर प्रहरी वृत्तमा बलात्कारको प्रयास गरेको आरोप लगाउँदै महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

तर अदालतको अनुमतिविना पक्राउ गर्न नमिल्ने कानुनी व्यवस्थाका कारण प्रहरीले शनिबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा पक्राउ अनुमति मागेको थियो ।

आइतबार काठमाण्डौ जिल्ला अदालतका न्यायाधी‍श ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

अर्थमन्त्री खतिवडाका कारण प्रधानमन्त्रीलाई अप्ठ्यारोः गगन थापा

Read More →