Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रजातान्त्रिक आन्दोलन र जनतालाई अपमान गर्ने अधिकार कसैलाई छैनः सांसद संग्रौला

२८ साउन,   खबरमञ्च,   at 4:42 PM

By   /  August 13, 2019  /  Comments Off on प्रजातान्त्रिक आन्दोलन र जनतालाई अपमान गर्ने अधिकार कसैलाई छैनः सांसद संग्रौला

    Print       Email

 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले सत्ता पक्षका नेताहरुले प्रजातान्त्रिक आन्दोलनको अपमान गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले मुलुकको परिवर्तनका लागि नेपाली जनताले पटकपटक आन्दोलन गरेको स्मरण गराउँदै परिवर्तनका लागि बगाएको रगतको सत्ता पक्षका नेताहरुले अपमान गरिरहेको बताइन् ।

उनले जनता र प्रजातान्त्रिक आन्दोलनको अपमान गरेर राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलाई नभएको तर्क पनि गरिन् ।

“नेपालमा ठूल्ठूला आन्दोलनहरु भए । २००७ सालको आन्दोलनले जनतालाई रैतीबाट नागरिक बनायो । २०४६ सालको आन्दोलनले राजालाई खोरभित्र राख्यो । ०६२–०६३ सालको आन्दोलनले राजालाई विदा गरी सिंहदरबारको अधिकार गाउँमा पुर्यायो,” उनले भनिन्, “यो जनआन्दोलनमा धेरै जनताले देशको समृद्धि र विकासका लागि रगत बगाए । तर, आज जनताको रगतको बदला भ्रष्टाचार, दलाली, विषादी र घमण्डले विगतमा बगेको रगतको अपमान गरिरहेको छ ।”

सत्तापक्षीय नेताहरुले देश परिवर्तनका लागि बगेको जनताको रगतको अपमान प्रजातन्त्रका लागि ठूलो चुनौती भएको उनको भनाइ थियो । “अपमानको नेतृत्व वर्तमान सरकारका नेताहरुले गरिरहेका छन् । यो भन्दा ठूलो चुनौती प्रजातन्त्रका लागि के हुन सक्छ रु,” संग्रौलाले प्रश्न गर्दै भनिन्, “प्रजातान्त्रिक आन्दोलनको अपमान, जनतालाई अपमान, राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलाई हुँदैन ।”

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

द्वन्द्वको घाउ निको हुन अझै केही समय लाग्छः राष्ट्रपति भण्डारी

Read More →