Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

प्रचण्ड उडे अमेरिका

३ चैत,   खबरमञ्च,   at 5:49 PM

By   /  March 17, 2019  /  Comments Off on प्रचण्ड उडे अमेरिका

    Print       Email

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार पत्नी सीताको उपचारका लागि अमेरिका प्रस्थान गरेका छन्। प्रचण्ड परिवारका केही सदस्यसहित अमेरिका प्रस्थान गरेका हुन्।

अमेरिका जानुअघि विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै स्थिति सहज नभए पनि आफू जानैपर्ने भएकाले केही समयका लागि व्यवस्थापन गरेर अमेरिका प्रस्थान गरेको बताए।

पार्किन्सन रोगसहित चिन्ता र अन्य केही शारीरिक तथा मानसिक समस्याले ग्रस्त भएपछि सीताको उपचारका लागि प्रचण्ड उनलाई लिएर अमेरिका हिँडेका हुन्।

उनका अनुसार विज्ञको सल्लाह र उत्कृष्ट उपचारको अपेक्षासहित अमेरिका प्रस्थान गर्न लागेको बताए।

सीताको उपचार यसअघि भारत र सिंगापुरमा हुँदै आएको थियो । स्वास्थ्यमा खासै सुधार नआएपछि प्रचण्ड परिवार अमेरिका प्रस्थान गरेको हो। प्रचण्ड र सीताका साथमा छोरीज्वाइँ गंगा र जीवन पनि अमेरिका हिँडेका छन्।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सरकारले जनताको चाहना र अपेक्षाअनुसार सेवा र सुविधा दिन सक्नुपर्छ : डा महत

Read More →