Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

पौडीबाज गौरिका सिंहले ४ स्वर्ण पदक जित्दै इतिहास रचिन्

२३ मंसिर,   खबरमञ्च,   at 5:42 PM

By   /  December 9, 2019  /  Comments Off on पौडीबाज गौरिका सिंहले ४ स्वर्ण पदक जित्दै इतिहास रचिन्

    Print       Email

काठमाडौँ । पौडीबाज गौरिका सिंहले जारी सागमा इतिहास रचेकी छिन् । उनले ४ वटा स्वर्ण पदक जित्दै इतिहास रचेकी हुन् ।

सोमबार भएको १०० मिटरको फ्रिस्टाइल पौडीमा  स्वर्ण पदक जित्दै चौथो स्वर्ण जितेकी हुन् ।

यो सँगै उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दो खेलाडी दीपक विष्टसँगको रेकर्ड बराबरी गरेकी छिन्। विष्टले ४ स्वर्ण जित्दै सागमा सर्वाधिक स्वर्ण जित्ने नेपाली खेलाडीको कीर्तिमान राखेका थिए।

गौरिका सिंह एकै साग संस्करणमा चार स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनेकी छिन्।

आइतबार ४ सय मिटर फ्रिस्टायलमा स्वर्ण जित्दै उनले एकै संस्करणमा तीन स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको कीर्तिमान बनाइसकेकी थिइन्।

यसअघि उनले २ सय मिटर फ्रिस्टायल र २ सय मिटर ब्याकस्टोकमा पनि स्वर्ण जितेकी थिइन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

खेल मैदानमै झगडामा उत्रिएका छ खेलाडीलाई एन्फाको कारबाही

Read More →