Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

पोखरा प्रिमियर लिग (पीपीएल)काे फाइनल अाजः उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोज भिड्दै

२० कार्तिक,   खबरमञ्च,   at 8:18 AM

By   /  November 6, 2018  /  Comments Off on पोखरा प्रिमियर लिग (पीपीएल)काे फाइनल अाजः उपाधिका लागि पोखरा पल्टन र चितवन राइनोज भिड्दै

    Print       Email

पोखरा। पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधिका लागि आज घरेलु टिम पोखरा पल्टन र चितवन राइनोज भिड्दै छन् ।

पोखरा संगशालामा हुने खेलको विजेताले घरेलु क्रिकेटको इतिहासमै सर्वाधिक २७ लाख रुपैयाँ पुरस्कार पाउने छन् । लिग चरणमा ५ मध्ये ३ खेल जितेको शरद भेषावकरको कप्तानीमा रहेको पोखराले तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा ठाउँ बनाएको हो ।

उता, पारस खड्काको नेतृत्वमा रहेको चितवनले लिग चरणमा ३ खेल जिते पनि रनरेटमा पछि परेपछि फाइनल प्रवेशका लागि प्ले अफमा जानु परेको थियो । प्ले अफमा चितवनले ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौंलाई हराएको थियो ।

यसअघि धनगढी प्रिमियर लिग (डीपीएल) र एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा कप्तानका रुपमा पारस र शरद भिडिसकेका छन् । पीपीएलमा पनि सुरुवाती संस्करणकै उनीहरु उपाधिका लागि भिड्न लागेका हुन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

शरद भेसवाकर नेतृत्वकाे पाेखराले जित्याे पीपीएलको उपाधि, पारसकाे चितवन ६ विकेटले पराजित

Read More →