Loading...
You are here:  Home  >  अर्थतन्त्र  >  Current Article

पेट्रोलियम पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत पुरा

२० कात्तिक,   खबरमञ्च,   at 2:01 PM

By   /  November 6, 2018  /  Comments Off on पेट्रोलियम पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत पुरा

    Print       Email

हेटौंडा । रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकिएको छ ।

नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७ दशमलव ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर पाइपलाइन बिछ्याउने काम सम्पन्न भएको हो ।

रक्सौलदेखि अमलेखगञ्जसम्म विभिन्न अवरोध हटाउने काम अन्तिम चरणमा पुगेको र पाइपलाइन विस्तारको काम द्रुतगतिमा भइरहेको परियोजनाका प्रमुख भानुभक्त खनालले जानकारी दिए ।

नेपाल आयल निगमले पाइपलाइन बिछ्याउने बाटोमा पर्सा वन्यजन्तु आरक्षण क्षेत्रमा पर्ने रुख कटान गर्नका लागि वन मन्त्रालयबाट स्वीकृति पाइसकेको र त्यो काम पनि भइरहेको खनालले बताए ।

रुख कटान गर्ने जिम्मेवारी टिम्बर कर्पोरेशनलाई दिइएको छ भने काटिएका रुखको क्षतिपूर्ति आयल निगमले वन मन्त्रालयलाई दिने सहमति भएको छ ।

सो आरक्षण क्षेत्रबाट करीब पाँच हजार ८८८ रुख काट्ने सहमति भएको बताइएको छ । रुख कटान हुनासाथ एक महिनामा पाइपलाइन बिछ्याउने काम सम्पन्न हुने खनालको भनाइ छ । पाइपलाइन विस्तारका लागि आरक्षण क्षेत्रको १० किलोमिटर जङ्गल छ ।

२०१८ अप्रिलबाट पाइपलाइन बिछ्याउने काम शुरु भएको र अवरोध हटेकाले एक महिनामा पूरा हुने खनालको दाबी छ । पाइपलाइन बिछ्याउनका लागि नेपाल र भारतको २७५ करोड भारतीय रुपमा सो पाइपलाइन निर्माण भइरहेको छ ।

भारतको २०० र नेपालको ७५ करोडको लगानीमा २०१४ को मूल्यको लागत अनुमानअनुसार काम भइरहेको हो ।

उता, बिहारको मोतिहारीदेखि रक्सौलसम्मको पाइपलाइन विस्तारअन्तर्गत तीन किलोमिटर बनाउन बाँकी छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

विश्व बै‌ंकसँग १८ अर्बको सम्झौता

Read More →