Loading...
You are here:  Home  >  अपराध  >  Current Article

पेटमा सुन राखेका चिनियाँ नागरिक पक्राउ

१४ मंसिर,   खबरमञ्च,   at 6:03 AM

By   /  November 30, 2019  /  Comments Off on पेटमा सुन राखेका चिनियाँ नागरिक पक्राउ

    Print       Email

काठमाडौं । त्रिभुवन विमानस्थलमा एक किलो सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।

तिब्बतबाट चाईना वेस्ट एयरमा आएका यात्रु स लुतइकाे साथबाट कण्डमले बेरेर मलद्वारमा राखेर एक किलाे सुनका चार टुक्रा बरामद भएकाे हाे।

लुतइले विमानस्थलमा असहज महसुस गरेपछि प्रहरीले काठमाडाैं मेडिकल कलेज शिक्षण अस्पतालमा एक्सरे गराउँदा केही वस्तु देखिएकाे थियाे।

उनलाई चिकित्सकले औषधि खुवाएर शाैच गराउँदा सुनका टुक्रा फेला परेकाे प्रहरीले जनाएकाे छ।

लुतइ विमानस्थल भन्सारकाे वाक थ्रु गेटमा प्रवेश गर्ना साथै साईरन बजेकाे थियाे। भन्सारले उनीसँग भएका सबै धातु निकाले पनि साईरन बज्न नछाडे पछि अस्पताल लगिएकाे थियाे।

प्रहरीले लुतइलाई थप अनुसन्धानका लागि हिरासतमा लिएकाे छ। उनलाई वृत्त गाैशालामा राखिएकाे छ।

बिहीबार मध्यरातमा पनि विमानस्थलबाट कट्टुमा लुकाएर ल्याएकाे ८ किलाे सुन बरामद भएकाे थियाे।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

८ किलो सुनसहित दुई चिनियाँ नागरिक पक्राउ

Read More →