Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

पृथ्वी जयन्ती मनाउन नेपालगन्ज उपमहानगरले दियाे सार्वजनिक बिदा

२६ पुस,   खबरमञ्च,   at 9:00 PM

By   /  January 10, 2019  /  Comments Off on पृथ्वी जयन्ती मनाउन नेपालगन्ज उपमहानगरले दियाे सार्वजनिक बिदा

    Print       Email

पृथ्वी जयन्ती मनाउन नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

नगर कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको  नगर प्रमुख डा.धवल शम्शेर राणाको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

जारी विज्ञप्तिमा ‘नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत उपमहानगर मातहतका सम्पूर्ण कार्यालय’ सार्वजनिक बिदा हुने जनाइएको छ।

राणा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नगर प्रमुखमा विजयी भएका हुन्।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

राप्रपाकाे मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, थापाकाे संयाेजकत्वमा बन्याे मूल आयाेजक समिति

Read More →