Loading...
You are here:  Home  >  राजनीति  >  Current Article

पुरानो संसद भवनलाई भत्काएर नयाँ भवन बनाउन संसदीय समितिको निर्देशन

२९ पुस,   खबरमञ्च,   at 1:18 PM

By   /  January 14, 2020  /  Comments Off on पुरानो संसद भवनलाई भत्काएर नयाँ भवन बनाउन संसदीय समितिको निर्देशन

    Print       Email

काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद भवनलाई भत्काएर नयाँ भवन बनाउन निर्देशन दिएको छ ।

शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँग छलफल गरेपछि समितिले मंगलबार उक्त निर्देशन दिएको हो।

भूकम्पका कारण क्षतिग्रस्त उक्त भवन भत्काउने कि नभत्काउने भनी प्राधिकरण, मन्त्रालय र पूरातत्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ । समिति सभापति कल्याणी खड्काले यो भवन यत्तिकै बचाएर उपयोग गर्ने सम्भावना कम भएकाले मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएको बताइन् ।

शहरी विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीले सिंहरदरबारभित्र रहेको पुरानो संसद भवन भत्काएर स्टेट गेस्ट हाउस बनाउने विज्ञको राय रहेको बताएका छन् ।

पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्माले विदेशी पाहुना आउँदा मिटिङ गर्ने डिनर गर्ने हल चाहिने परराष्ट्र मन्त्रालयको माग रहेको र त्यसलाई सम्बोधन गर्न स्टेट गेस्ट हाउस वा स्टेट हल बनाउन सकिने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सभामुखको निर्वाचन माघ १२ गते

Read More →