Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

पारसकाे शतकसँगै सिंगापुरविरुद्ध नेपालकाे शानदार जित

११ असाेज,   खबरमञ्च,   at 8:49 PM

By   /  September 28, 2019  /  Comments Off on पारसकाे शतकसँगै सिंगापुरविरुद्ध नेपालकाे शानदार जित

    Print       Email

काठमाडौं । कप्तान पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले सिंगापुरमा जारी त्रिदेशीय टि-२० शृंखलामा घरेलु टोली सिंगापुरविरुद्ध  ९ विकेटको जित हात पारेको छ।

पारसले ५२ बलमा नटआउट १०६ रन बनाएपछि नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेकाे हाे।  सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पारसको शतकसँगै नेपालले २४ बल बाँकी छँदै १ विकेट गुमाएर भेट्टाएको थियो।  पारसले ९ छक्का र ७ चौकाको मद्धतले १०६ रन बनाएका हुन् ।  यो नेपालको टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो।

आरिफ शेखले ३८ बलमा नटआउट ३९ रन बनाए । इशान पान्डेले भने ५ रन मात्र बनाए । उनले दोस्रो खेल खेलेका हुन् ।

खेलमा करण केसीले २ तथा सुसन भारीले १ विकेट लिएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

पारसको राजीनामापछि सन्दीपको भावुक ट्विट-‘द लिजेन्ड दाजु पारस खड्का’

Read More →