Loading...
You are here:  Home  >  खेलकुद  >  Current Article

पाथीभरा गोल्डकपः आयोजक ताप्लेजुङ र बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

३१ साउन,   खबरमञ्च,   at 12:04 PM

By   /  August 16, 2019  /  Comments Off on पाथीभरा गोल्डकपः आयोजक ताप्लेजुङ र बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदै

    Print       Email

 

विर्तामोड । ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी चौथो पाथीभरा गोल्डकप अन्तर्गत आज आयोजक ताप्लेजुङ–११ र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुँदैछ । सदरमुकाम फुङलिङस्थित भानु माविको मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।

यसअघि बिहीबार भएको पउद्घाटन घरेलु टोली पोमु केछाङ स्पोर्टिङ क्लब ताप्लेजुङलाई ३–० ले पराजित गर्दै रेडहर्ष क्लब इलामले विजयी सुरुवात गरेको थियो । भदौ ६ गते सम्पन्न हुने प्रतियोगितामा भारतको एकसहित १० टिमको सहभागिता छ ।

प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
    Print       Email

You might also like...

सावित्रा बनिन् नदेज्दा कप महिला फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता

Read More →